बोलेपछि दिल बस्यो अचम्म !

  सुमेरु संबाददाता

सोलुखुम्बु ।

मौलिकपनमा रमाउने सर्जक तथा गायक हुन्, सागर विरही । सघर्षबाट माथी उठेका विरही सस्तो प्रचारमा ध्यान दिदैन् । उनी आफ्नै सुरको संगीत यात्रामा छन् ।

तनहूँको घिरिङ गाउँपालिकामा जन्मेका उनी पछिल्लो समय संगीत संयोजनको काममा व्यस्त छन् । तर नवप्रतिभावान् कलाकारलाई सक्दो सहयोग गर्दै आएका छन् ।

विरहीको सृजना तथा गायनमा नवोधित गायिका सम्झना पुनको ‘झिमझिम परेली’ बोलको दोहोरी गीत डिजिटल बजारमा छ । जाजरकोटकी पुनमा गायकी संभावना देखेपछि सहकार्य गरेको विरही बताउछन् ।

उनले भने, ‘प्रतिभा चिनेपछि सकेको सहयोग र ऊर्जा प्रदान गर्न हाम्रो कतव्र्य हो । त्यसकारणले पनि पछिल्लो समय नयाँ कलाकारसंग काम गरिरहेको छु ।

संगम डिजिटलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा अर्जुन खड्का र रितु तामाङले नृत्य गरेका छन् । भिडियो भागिरथ गाहा मगरले निर्देशन हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार