दाजुभाईको घरझगडाले दाजुको मृत्यू

  सुमेरु संबाददाता

सोलुखुम्बु, साउन ५

दाजुभाईको झगडाले सोलुखुम्बुमा दाजुको मृत्यू भएको छ । थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिममा ४४ बर्षिय जयप्रकाश राई र २७ बर्षिय किरण राईबीच घरविवाद हुदा दाजु जयप्रकाशको मृत्यू भएको हो । शुक्रबार झगडा पछि सुतेका उनीहरुमध्ये दाजु जयप्रकाश सुतेकै ठाउँमा शनिबार मृत भेटिएका थिए ।

घटनाबाहिर आएपछि सुकेपोखरी चौकीबाट हवल्दारको नेतृत्वमा खटिएको प्रहरी टोलीले भाई किरण राईलाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान शुरु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक उत्तम कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार