काकाबाट भतिजी बलात्कृत

काका प्रहरी नियन्त्रणमा

  सुमेरु संबाददाता

सोलुखुम्बु, साउन ६

सोलुखुम्बुको लुक्लामा आफ्नै १४ वर्षिय भतिजीलाई बलात्कार गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । ६ कक्षामा पढ्दै गरेकी ती बालिका ८ महिनाको गर्भवती छिन् ।

खुम्बु पासाङल्हमु गाउँपालिका, २ लुक्लामा बस्दै आएका काकाले आफ्नै भतिजीलाई पटक पटक बलात्कार गरी गर्भवती बनाएको थाहा भएपछि प्रहरीले २२ बर्षिय ती यूवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार बिहान उनलाई घरैबाट प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान र कारबाही लागि अभियुक्त यूवकलाई जिल्ला प्रहरी कार्यालय झिकाईएको प्रहरी निरिक्षक उत्तम कार्कीले जानकारी दिए ।

पक्राउ परेका यूवकले आफ्नै जेठा दाजुको छोरी माथि करणी गरेका हुन् । पिडित बालिकाको पेट बढ्दै गएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे जानकारी पाए लगत्तै पिडित बालिकाको मौखिक बयानका आधारमा प्रहरीले बालिकाको काकालाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीका अनुसार पिडक यूवकले अपराध स्वीकार गरेका छन् । पिडित बालिकाको स्वास्थ्य परिक्षण गर्ने क्रममा चिकित्सकले उनको पेटमा ८ महिनाको शिशु हुर्किरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार