‘सोलुदुधकुण्ड’को आफ्नै लगानीमा बेलिब्रिज

  सुमेरु संबाददाता

सोलुखुम्बु, साउन १२

सोलुदुधकुण्ड नगरपालिका ६ खोरिया स्थित सोलुखोला माथी १० महिनामै मोटरेबल पुल निर्माण गरेको नगरपालिकाले वडा नं २ स्थित बेनीखोलामा निर्माण सम्पन्न बेलिब्रिज उद्घाटन गरिएको छ । नगरपालिकाको एक करोड ४२ लाखमा निर्माण गरिएको बेलिब्रिज शनिबार मेयर नाम्गेल जाङबु शेर्पाले उद्घाटन गरेका छन् । २१ मिटर लम्बाई र १० फिट चौडाई तथा ४० टन भारवहन क्षमता रहेको ब्रिज निर्माण भएपछि बर्खाको समयमा सवारी आवागमन अबरुद्ध हुने समस्या समाधान भएको छ । बेनी खोलामा बेलिब्रिज बनेपछि वडा नं २ जुनबेशी लगायतका गाउँ र लिखुपिके गाउँपालिका आवतजावतका लागि पनि सहज भएको स्थानीयले बताएका छन् ।

२०७५ जेठमा ईन्द्रणी दावाजेभी काठमाण्डौसंग गरिएको सम्झौता मितिले ११ महिनामा बेलिब्रिज निर्माणको काम सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ । ब्रिजको आयू ५० बर्ष रहेको छ । उद्घाटन कार्यक्रममा मेयर शेर्पाले तामाखानी तथा गोराखानी र टाप्टिङलाई जोड्ने सोल्नासा खोलामाथी पनि बेलिब्रिज निर्माण सम्पन्न भईसकेको जानकारी दिए । उनले शालाबेशी, रोसी, सिसा र हेवा खोलामा एक बर्ष भित्र पुल निर्माण गरिसक्ने बताए । पुल र सडक नै सम्बृद्धिको दरिलो आधार भएकाले अधिकांश बजेट खर्च गरिएको मेयर शेर्पाको भनाई छ । उहाँले विकास निर्माण, पारदर्शिता, सुशासन र जवाफदेहिताको हिसावले नगरपालिका अन्य स्थानीय तहको तुलनामा अग्रपंक्तिमा रहेको दाबी गरे ।

कार्यक्रममा वडा अध्यक्ष मिंमारदोर्जी शेर्पाले बेलिब्रिजको निर्माणले बर्खाको समयमा पनि आवतजावतमा सहज भएको बताए । वडाको विकासका लागि नागरिक तहबाट आलोचनात्मक सहयोग प्राप्त भए कमजोरी सुधारमा समेत टेवा पुग्ने र विकास निर्माणको काम गुणस्तरिय बन्ने अध्यक्ष शेर्पाको भनाई छ । उदुघाटन कार्यक्रममा नगरपालिका भित्रका जनप्रतिनिधि तथा निजामति कर्मचारी र स्थानीयको सहभागीता रहेको थियो ।

सोलुदुधकुण्ड नगरपालिका २ स्थित बेनिखोला माथी निर्माण सम्पन्न बेलिब्रिजको उद्घाटन गर्दै मेयर नाम्गेल जाङबु शेर्पा सहित अन्य जनप्रतिनिधिहरु र निजामति कर्मचारीको साथमा स्थानीयहरु

Gepostet von शिखर 'पुरुष' am Samstag, 27. Juli 2019

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार