अस्पतालको बेडमा लेखिएको गीत

  सुमेरु संबाददाता

सोलुखुम्बु, साउन २३

चार महिना खघि सडक दुर्घटनामा परि मेरुदण्ड पक्षघातको उपचारत साहित्यकार सुवाश जमरकट्टेलले अस्पतालको बेडमा लेखेको गीत ‘बाँच्न जति’ सार्वजनिक गरिएको छ ।

एक दशक देखि गजल, कविता तथा मुक्तक विधामा कम चलाउदै आएका जमरकट्टेल २०७५ पौष १८ गते सिन्धुलीमा सडक दुर्घटनामा परेका थिए । दुर्घटनापछि अस्पताल भर्ना भएका उनले उपचारको क्रममा पिडा सहन नसकेर शब्द लेखेका थिए । विकास चौधरीको संगीत रहेको गीतमा दिपक लिम्बुले स्वर दिएका छन् ।

बि.बि. फुयल र बाबुराम थापा निर्माता रहेको भिडियोमा शाहिल खान र सायशा बयलकोटिको अभिनय गरेका छन् । भिडियोमा डा. मनोज यादव, पोख्रेल प्रविन, थेरापिष्ट रमेश खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ । विज्ञान राईले निर्देशन गरेको उक्त भिडियो छायांकन नवराज उप्रेतिले गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार