‘विकासमा फड्को मार्दै छौ’

  सुमेरु संबाददाता

सोलुखुम्बु, साउन २७

सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले समानुपातिक÷समाबेशी विकासमा नगर अग्रपंक्तिमा रहेको दाबी गरेका छन् । वडा नं ९ र १० को सिमाना भएर बग्ने सोल्नासा खोला माथी निर्माण गरिएको बेलिब्रिजको उद्घाटन कार्यक्रममा मेयर शेर्पाले सिमित स्रोत साधनका बीच पनि पुर्वाधार निर्माणमा नगरपालिकाले फड्को मार्न सफल भएको दाबी गरेका हुन् । उनले आगामी दिनमा ग्रामिण सडकको दिगो संचालनमा ध्यान दिने बताए । आफ्नै पालामा ग्रामीण विद्युतीकरण, दिगो सञ्चार सेवा घरघरमा पुर्याएर सम्बृद्ध नगर निर्माण गर्ने बताए ।

भ्याट सहित एक करोड ६२ लाख ६६ हजारमा बेलिब्रिज निर्माण गरिएपछि वडा नं ९ गोराखानी र वडा नं १० टाप्टिङमा यातायात संचालन र ओहोरदोहोरमा सहज भएको स्थानीयले बताएका छन् । बर्खामा यातायात संचालन भईहालेपनि सोल्नासा खोला बाधक बन्दै आएको थियो । यसअघि त्यसभेगका नागरिक काठे साँघुको माध्यमबाट खोला तर्दै आएका थिए ।

८० फिट लम्बाई, १० फिट चौडाईमा बनेको बेलिब्रिजको भारवहन क्षमता ४० टन रहेको छ भने आयू ५० बर्ष रहेको नगरपालिकाका सूचना अधिकारी दापासा शेर्पाले जानकारी दिए । यसअघि नगरपालिकाले वडा नं ६ स्थित खोरिया जोड्ने मोटरेबल पुल, बेनी खोला र लोदिङ खोला माथी बनेको बलिब्रिज उद्घाटन गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार