लोकदोहोरी प्रतिष्ठानको अध्यक्षमा सुमेरुकर्मी

  सुमेरु संबाददाता

सोलुखुम्बु, साउन २७

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल सोलुखुम्बुको अध्यक्षमा नागरिककर्मी शिखर जंग श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार सल्लेरीमा सम्पन्न दोस्रो जिल्ला अधिबेशनबाट श्रेष्ठ तेस्रो पटक जिल्ला अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

प्रदेश संयोजक शिव हमालको आतिथ्यतामा भएको अधिबेशनबाट श्रेष्ठको नेतृत्वमा १९ सदस्सीय जिल्ला कार्य समिति चयन गरिएको छ । प्रथम उपाध्यक्षमा अर्जुन नेपाली, द्धितीय उपाध्यक्षमा तेजराम परियार र महिला उपाध्यक्षमा विमला राई निर्वाचित भएका हुन् । सचिबमा प्रतिष्ठानको पहिलो वैठकले सन्तोष राउत र कोषाध्यक्षमा प्रकाश रानालाई मनोनित गरिएको छ भने सह–सचिबमा अम्रित थुलुङ र सह–कोषाध्यक्षमा निशा कार्की सहित १९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो ।

सदस्यहरुमा शिव कार्की, मोतिराम रसाईली, उषा कार्की, सोनि राई, अनुजा कटेल, कोपिला मगर, विनिता कार्की, सविता विश्वकर्मा, प्रोम कुमार खड्का, धन कुमार ढुंगेल र प्रविण राई चयन भएका छन् । जिल्लामा २०७० सालमा स्थापना गरिएको प्रतिष्ठानले लोक संस्कृतीको जर्गेनाका क्षेत्रमा काम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार