सिडिओ र डिएसपीको विदाई

  सुमेरु संबाददाता

सोलुखुम्बु, साउन ३१

सोलुखुम्बु जिल्लाबाट सरुवा भएका प्रमुख जिल्ला अधिकारी र प्रहरी नायव उपरिक्षकलाई फ्रेण्डसिप युथ क्लब सोलुखुम्बुले बिदाई गरेको छ । शुक्रबार क्लबको केन्द्रीय कार्यलय सल्लेरीमा एक कार्यक्रमको आयोजना गरि प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार राना मगर र प्रहरी नायब उपरिक्षक शालिकराम शर्मा पौडेललाई बिदाई गरिएको हो ।

बिदाई कार्यक्रममा क्लबका अध्यक्ष तथा नेकपाका एक नम्बर प्रदेश कमिटिका सदस्य महेश किरातीले सोलुखुम्बु जिल्लाको प्रशासनिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरे । तामाको डाली र आगामी कार्यकालको शुभकामना सहित प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरिक्षकलाई बिदाई गरिएको हो ।

जिल्लामा रहेर काम गर्ने क्रममा आफूले धेरै नया कुराको अनुभव गर्न पाएको प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार राना मगरले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार