सोलुखुम्बुको गोली केन्द्रविन्दु बनाएर भुकम्प

  सुमेरु संबाददाता

सोलुखुम्बु, भदौ ५

सोलुखुम्बुको गोलीलाई केन्द्रविन्दु बनाएर ४ म्याग्नीच्यूटको भुकम्प गएको छ ।

आज विहान ७ बजेर ७ मिनेटको अवस्थामा लिखुपिके गाउँपालिकाको गोलीलाई केन्द्रविन्दु बनाएर ४ म्याग्नीच्यूटको भुकम्प गएको राष्ट्रिय भुकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भुकम्पका कारण सोलुखुम्बु, ओखलढुंगा र रामेछापका केही स्थानमा सामान्य धक्का महसुस भएको छ । क्षतिको विवरण नआएको प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले बताए ।

विहिबारको भुकम्प २०७२ सालको पराकम्प नभएको भुकम्पमापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार