दुधकोशी सामुदायीक अस्पताल – १८ महिना भित्र निर्माण सक्ने गरि ठेक्का आव्हान

  सुमेरु संबाददाता

सोलुखुम्बु, भदौ ६

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा निर्माण हुने ५० शैयाको अस्पतालको भौतिक सम्रचना निर्माणको लागि ठेक्का आब्हान गरिएको छ । पालिकाको केन्द्र मुक्लिमा बन्न लागेको दुधकोशी सामुदायीक अस्पतालको भवन र अन्य सम्रचना निर्माणको लागि सर्वाजनकि सूचना मार्फत ठेक्का खोलिएको हो । १८ महिना भित्र निर्माण सम्पन्न गर्ने गरि कुल ११ करोडको लागतमा अस्पताल बनाउन निर्माण कम्पनीको खोजी गरिएको हो ।

३० दिनको म्याद राखेर जारी गरिएको सूचनामा गुणस्तरीय कार्यसम्पादनको सुनिश्चित भएका निर्माण कम्पनीहरुले ठेक्का खरिद गर्न सक्ने जनाईएको छ । केही महिना अगाडी मात्र महायज्ञ लगाएर उद्घाटन गरिएको अस्पतालको विस्तृत परियोजना प्रतिवेदन तयारी पश्चात टेण्डर खोलिएको हो । यो बजेटबाट भौतिक सम्रचनाहरु मात्रै खडा गरिने गाउँपालिका अध्यक्ष एवं अस्पताल सञ्चालक समिति अध्यक्ष असिम राईले बताए । भौतिक पुर्वाधार सम्पन्न भएपछि अन्य उपकरणका लागि छुट्टै ब्यवस्था गरिने अध्यक्ष राईको भनाई छ ।

अस्पताल भावि पुस्ताको लागि समेत भएकाले निर्माणको गुणस्तरीयतामा सम्झौता नहुने अध्यक्ष राईको भनाई छ । छनौटको मापदण्ड घटाघट मात्रै नभई कम्पनीको विगतको ईतिहाँस समेत हेरिने भएको छ । पेश्की लिएर विचैमा काम छोड्ने र आलटाल गर्ने प्रबृत्तिका कम्पनीसँग शूरुमै सम्झौता नगरिने अध्यक्ष राईले बताए । मुक्लिमा अस्पताल बनेसँगै सोलुखुम्बुका अतिरिक्त छिमेकी जिल्लाका नागरिकहरुलाई समेत स्वास्थ्योपचारमा सहज हुने आशा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार