विपद उत्थानशील दस्ताबेज निर्माणका लागि कार्यशाला

  सुमेरु संबाददाता

सोलुखुम्बु भदौ १९

प्रदेश विपद उत्थानशील दस्ताबेज निर्माण सम्बन्धी एक दिने कार्यशाला गोष्ठिका सहभागीहरुले विपद्पछि पिडितलाई यथासिघ्र राहत पु¥याउन सकिने निति निर्माणका लागि सुझाव दिएका छन् । बुधबार सल्लेरीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश नं १ को आयोजनामा सम्पन्न गोष्ठिमा जनप्रतिनिधि तथा सरोकारवालाहरुले विपद् न्यूनिकरण तथा विपद्पछिको राहत वितरणमा एकद्धार प्रणालीको विकास गर्न र क्षति न्यूनिकरणका लागि पुर्वसूचना प्रणालीको विकास गर्ने गरि विपद उत्थानशील दस्तावेज निर्माणका लागि सुझाएका हुन् ।

गोष्ठिमा जिल्ला समन्वय समिति सोलुखुम्बुका संयोजक वीर कुमार राईले विपद् न्यूनिकरण र विपद्पछिको राहत व्यवस्थापनका निति कार्यान्वयनमूखि हुनुपर्नेमा जोड दिए । उनले निति कार्यान्वयन फितलो हुनुले उपलब्धि हासिलमा समस्या हुने गरेको बताए । जनप्रतिनिधिहरुको तर्फबाट बोल्दै नेचासल्यान गाउँपालिका अध्यक्ष डुफ कुमार बास्तोलाले विपद्को समयमा आवश्यक पर्ने सवारीसाधानको उपलब्धतामा ध्यान दिन आग्रह गरे । उनले विपद्पछि घटनास्थलमा सबैभन्दा पहिले नेपाल प्रहरी पुग्ने भएकाले तल्लो तहसम्मको प्रहरी चौकीहरुमा सवारीसाधन र ईन्धनको व्यवस्थापन गर्न सके राहत तथा उद्धारकार्य छिटो हुनसक्ने बताए ।

प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले विपद व्यवस्थापनको सूचक तयार पारि कामको आधारमा स्थानीय तहलाई प्रोत्साहन रकम दिन व्यवस्था मिलाउन, वन्यजन्तुको आतंक, हिमपात, हिमपहिरो, बस्तिविकास लगायतका विषयलाई प्रदेश स्तरिय विपद उत्थानशील दस्ताबेजमा समाबेश गर्न आग्रह गरे । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिब ऋषि पौडेलले सरोकारवालाबाट आएका सुझावलाई अब बन्ने प्रदेशस्तरिय विपद दस्तावेजमा समाबेश गर्ने बताए । गोष्ठिमा विभिन्न विषयगत ५ समूहमा विभाजन गरि दस्तावेज निर्माणमा समाबेश गर्नुपर्ने विषयमा सुझाव संकलन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार