अटो–रिक्सा प्रहरीको नियन्त्रणमा

  सुमेरु संबाददाता

सोलुखुम्बु, भदौ २०

सोलुखुम्बुका सडकमा सवारी अनुमति पत्र नभएका व्यक्तिले चलाएका दर्जन बढि अटा–रिक्सा प्रहरीले नियन्त्रणमा लिएको छ । खरिद गरेको लामो समयसम्म पनि लाईसेन्स विना चलिरहेका १६ वटा रिक्सालाई ट्राफिक प्रहरीले विहिबार नियन्त्रणमा लिएको हो ।

दुर्घटनाको जोखिम न्यूनिकरण र दुर्घटनापछिको क्षतिपुर्ती भरणको झण्जटलाई ध्यानमा राख्दै लाईसेन्स नभएका चालकले चलाएका रिक्सा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक उत्तम लामा कार्कीले जानकारी दिए । उनले भने, ‘लामो समय देखि साईसेन्स विना चलाईएका अटो–रिक्सा नियन्त्रणमा लिएका हौ । चालक तथा सवारी धनीकै हितमा यो कदम चालिएको छ ।’

रिक्सा क्षमता भन्दा बढि यात्रु बोकेर ग्रामिण सडकमा पनि गुड्ने भएकाले दुर्घटनाको जोखिम बढेको प्रहरी निरिक्षक कार्कीले बताए । उनले थपे, ‘साईसेन्स नभएका व्यक्तिले चलाएको सवारी दुर्घटना भए सावरीको बिमा गरकै भएपनि बिमित रकम पाउदैनन् । चालक या सवारी धनिले सम्पुर्ण क्षति व्यहर्नुपर्ने अवस्था आउछ । अब भन्नुस् त, यो कडाई कस्को लागि हो ?’

करिब ६० वटा अटा–रिक्सा संचालनमा रहेपनि मुस्किलले ५ जना चालकको लाईसेन्स रहेको स्वयम् सवारी चालकले बताउदै आएका छन् । बितेको एक बर्ष अघि भित्रिएको रिक्साले छोटो तथा लामो दुरीको यात्रामा सहज बनाएपनि दुर्घटनाको जोखिम बढाएकाले नियन्त्रण आवश्यक रहेको प्रहरी जनाएको छ । प्रहरीले लाईसेन्स नभएका चालकले चलाएको रिक्सा नियन्त्रणमा लिने अभियान चलाएपछि अधिकांश चालक सवारी थन्क्याएर लाईसेन्सका लागि तराई झरेका छन् ।

अटो–रिक्साले सल्लेरी सहित, फाप्लु, बेनी, तामाखानी, गार्मा, तिङला, पत्ताले, नेले, रोक्ति, काँगेल, नेचा लगायतका स्थानमा यातायात सुविधा प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार