मानव बेचबिखन विरुद्धको ¥याली तथा घरदैलो

  सुमेरु संबाददाता

सोलुखुम्बु, भदौ २०

मानव बेचबिखन विरुद्धको सप्ताहव्यापी अभियान सोलुखुम्बुमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । विहिबार जिल्लाका सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको प्रहरी समुदाय साझेदार सोलुदुधकुण्ड नगरपालिका समितिले शुक्रबार चेतनामूलक ¥याली तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

जनप्रतिनिधि, निजामति कर्मचारी, शिक्षक, विद्यार्थी सहित सयौँको संख्यामा सल्लेरीमा गरिएको ¥याली पछिको कोण सभामा सोलुदधुकण्ड नगरपालिकाकी उपमेर कल्पना राईले जिल्लामा पनि मानव बेचबिखनका घटना प्रत्यक्ष–परोक्ष रुपमा रहेकाले सरोकारवाला निकाय चनाखो हुनुपर्ने बताईन् । ‘सिंगो समुदाय एक भए मात्र मानव बेचबिखनका घटना हुन नदिन सक्छौ । एक्लो रुपमा कुनै निकायको प्रयासले संभव छैन् ।’ उनले भनिन् । उपमेयर राईले सबैभन्दा बेचबिखनमा किशोरीहरु पर्ने भएकाले कुनैपनि किसिमको प्रलोभनमा नपर्न गरिन् ।

¥यालीपछिको कोणसभामा प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले अप्ठ्यारामा परे या कसैले प्रलोभन देखाए वा अस्वभाविक व्यवहार लागे नजिकको सरकारका जनप्रतिनिधि, प्रहरी या परिवारको सदस्यलाई भन्न सकेपनि घटनाबाट बच्न सकिने बताए । उनले भने, ‘मनका कुरा नभन्ने परिपाटीले जिल्लामा आत्महत्याको दर पनि बढ्दै गएको छ । समस्या कसैलाई सेयर गर्दा पनि मन हलुवा हुने र समस्याको समाधान खोज्न सकिने भएकाले अप्ठ्यारा परिस्थितीका बारेमा बोल्न आवश्यक छ ।’

प्रहरी नायव उपरिक्षक नारायण प्रसाद चिमोरियाले घरबाहिर जाँदा परिवारका सदस्यलाई सम्पुर्ण जानकारी गराउन र अभिभावकले आफ्ना सन्तानको निगरानी गर्न सके मानव बेचबिखनलाई घटनाउन सकिने बताए । उनले शंकास्पद व्यक्ति भेटिए वा त्यस्ता व्यवहार पाएमा प्रहरीलाई खबर गर्न आग्रह गरे । कार्यक्रममा जनजागृती माध्यमिक विद्यालयका प्रध्यानाध्यापक मान बहादुर कार्की र महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष टंकीमाया बस्नेतले मानव बेचबिखन विरुद्धमा बोलेका थिए ।

¥यालीकै अबसरमा सल्लेरी बजार परिक्रमा गर्दैगर्दा प्रहरीले चेतनामूलक ब्रोसर सहित घरदैलो गरेको छ । सोलुदुधकुण्ड नगरपालिकाको सहयोगमा छापिएको ब्रोसर आमनागरिकमा चेतना प्रवाहका लागि वितरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार