काँग्रेस सोलुखुम्बुको प्रदेशमा पनि समानान्तर समिति

  सुमेरु संबाददाता

सोलुखुम्बु, भदौ ३०

आन्तरिक विवादका कारण दुईवटा जिल्ला समिति रहेको नेपाली काँग्रेस सोलुखुम्बुको प्रदेश समितिमा पनि समानान्तर संरचना गठन गरिएको छ । पार्टी केन्द्रिय सदस्य बलबहादुर केसी निकट रहेको जिल्ला समितिले प्रदेश समिति विस्तार गरेको एक साता बित्न नपाउँदै अर्को पक्षले समानान्तर समिति बनाएको हो ।

पार्टी संस्थापन पक्षका नेताहरुको उपस्थितिमा प्रदेश ‘क’ मा पार्टी नेता सुर्य कुलुङ र प्रदेश ‘ख’ मा युवा नेता कर्मा शेर्पाको सभापतित्वमा प्रदेश समिति बनाईएको हो । केन्द्रको परिपत्र अनुसारनै पुर्व सभाषद, पार्टीका पुर्व सभापतिहरु, उम्मेदवार र कार्यकर्ताको भेलाबाट समिति गठन गरिएको जनाईएको छ । पुर्व सभाषद पुरुषोत्तम बस्नेत र गोकर्ण राई, पुर्व पार्टी सभापतिहरु आङगेलु शेर्पा र छत्रध्वज बस्नेत एवं समानुपातिक उम्मेदवार डोल्मा तामाङ र कार्यबाहक पार्टी सभापति कृष्णप्रसाद निरौलाको उपस्थितिमा उक्त समिति गठन गरिएको हो ।

आङगेलु शेर्पा समुहको यो समितिलाई पार्टी सभापति शेरबहादुर देउवा गुटको साथ रहेको छ । यता रामचन्द्र पौडेल पक्षिय पार्टी सभापति विनोद बस्नेत नेतृत्वको समितिले प्रदेश ‘क’ मा धनजन राई र प्रदेश ‘ख’ मा प्रेमबहादुर थापा मगरको सभापतित्वमा समिति निर्माण गरेको थियो । यता नव गठित प्रदेश ‘ख’ समितिका सभापति कर्मा शेर्पाले आफु नेतृत्वको समितिले संगठन रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार