द भ्वाइसका कोच लामाले ठमेलमा ब्याण्डसहितको प्रस्तुती दिने

  सुमेरु संबाददाता

सोलुखुम्बु, असोज २

चर्चित गायक तथा द मंगोलियन हार्टका भोकलिस्ट एवम् द भ्वाइस अफ नेपालका कोच राजु लामाले शनिबार आफ्नो प्रस्तुति दिने भएका छन् ।

राजधानीको मुटु ठमेलस्थित छाया कम्प्लेक्समा रहेको “प्ले ब्वाई लाउन्ज एण्ड क्लब”मा गायक लामाले आफ्नो ब्याण्डको साथमा सांगीतिक प्रस्तुति दिने भएका हुन् ।

आधुनिक हाइड्रोलिक डिजे सेसनका साथ भब्य रुपमा कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

साँझ ८ बजे देखिनै सुरु हुने कार्यक्रमको लागि अग्रिम टिकट तथा टेबल बुकिङ्ग खुल्ला गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार