धर्मराजको ‘तरुनी’ – फुलपातीको दिन हेर्न पाईने (फोटोफिचर)

  सुमेरु संबाददाता

सोलुखुम्बु ।

पेशाले ईन्जिनियर धर्मराज पोखरेल पछिल्लो समय गायकको परिचय बनाईसकेका छन् । यसअघि ‘यतिकुरा’ बजारमा ल्याएर सफलता कमाईसकेका पोखरेलले ‘तरुनी’ ल्याउदैछन् ।

फुलपातीको दिन हेर्न पाईने ‘तरुनी’को छायांकन विहिबार कुलेखानी क्षेत्रमा सकिएको छ । गायक पोखरेलले भने, ‘दशैँ तिहारमा पारिवारिक तथा साथीभाईको जमघटमा नाच्ने खालको गीत बनेको छ । भिडियो पनि सकेसम्म राम्रो बनाउने कोशिस गरेका छौ । फुलपातीको दिन दर्शक स्रोताको जिम्मा लगाउनेछौ ।’

शिखर गजरकोटेको सृजनामा तयार भएको गीतमा राजेशपायल राई, अन्जु पन्त, धर्मराज पोखरेल, राई नविन, शिवसंगम राई, स्मृती पुन लगायतका कलाकारले स्वर भरेका छन् । गीतको संगीतसंयोजन संगीतकार अर्जुन पोखरेलले गरेका छन् ।

शंकर विसीको निर्देशनमा तयार हुने भिडियोमा विसी र अन्जली अधिकारी नाचेका छन् । निर्देशन विसीले भने, ‘सक्दो राम्रो गर्ने कोशिस गरेका छौ । सानो लगानीमा राम्रो भिडियो बनाउने मेरो प्रयास जारी नै छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार