सल्लेरीमा ‘दशै उत्सब’

  सुमेरु संबाददाता

सोलुखुम्बु, असोज १३

सोलुखुम्बुको सल्लेरीमा ‘दशै उत्सब’को आयोजना गरिएको छ । पहिलो बार्षिक उत्सबको अबसरमा सोलुदुधकुण्ड यूथ क्लबले आयोजना गरेको उत्सबमा अभिनेता विपिन कार्की, अभिनेत्री केकी अधिकारी, हाँस्यकलाकार कमल मैनाली, गायक उल्सन श्रेष्ठ र सन्ध्या जोशीले रोमान्चक प्रस्तुत दिएका छन् ।

क्लबका अध्यक्ष तेजराम परियारको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले परिर्वतनका लागि यूवाशक्ति गोलबन्द हुनु सुखद पक्ष भएकाले स्थानीय सरकारले सक्दो सहयोग गर्दै जाने बताए । विकासमा यूवाहरुसंग हातेमालो गर्न नगरपालिका तयार रहेको उनको भनाई थियो ।

शनिबार सम्पन्न कार्यक्रममा उपमेयर कल्पना राई, प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल, सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शाही, जनप्रतिनिधि, सामाजिक संस्थाका प्रमुखहरुको उपस्थिती रहेको थियो । उत्सबको अबसरमा शेर्पा, तामाङ, नेवार लगायतका जातीगत सांस्कृतिक झाँकी तथा नाचको प्रर्दशन गरिएको थियो ।

यूथ क्लबले निशुल्क फुटबल प्रशक्षिण दिईरहेको छ भने यस अघि विद्यार्थीहरुलाई प्राथमिक उपचार सम्बन्धि अभिमूखिकरण तथा नगरस्तरिय विद्यालयबीच हाजिरीजवाफ प्रतियोगीताको आयोजना गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार