अन्तर पार्टीको शुभकामना आदान–प्रदान

  सुमेरु संबाददाता

सोलुखुम्बु, असोज १३

अन्तर पार्टी महिला सन्जाल सोलुखुम्बुले विजयादशमी, दिपावली तथा छठ पर्वको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

सल्लेरीमा आयोजित कार्यक्रममा प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी, सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा, उपमेयर कल्पना राई, प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल, जिल्ला समन्वय समितिकी सदस्य दा–डोमा शेर्पा, नेकपा जिल्ला अध्यक्ष मानवीर राई, नेपाली कांग्रेसका प्रतिनिधिहरुले चाडपर्व सबैको साझा बनेको भन्दै एक आपसमा सद्भाव सहित पर्वविशेषको महत्व नमर्ने गरि मनाउनुपर्नेमा जोड दिएका छन् ।

नेकपा जिल्ला अध्यक्ष मानवीर राईले केही हप्ता अघि सल्लेरीको सेर्गाबागममा मुगाधन विकको रहस्यमय मृत्यू भएपनि दोषी पत्ता लाग्न नसक्नु दुखद विषय भएको बताए । सोलुदुधकुण्ड नगरपालिका ५ की महिला वडासदस्य गान्धिमाया तामाङले हत्यारा पत्ता नलागेसम्म दशैँ रमाईलो नहुने बताईन् । प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिमोरियाले अनुसन्धान भईरहेको बताए । समाजमा आपराधिक घटना प्रहरीले मात्र रोक्न नसक्ने भएकाले प्रहरीलाई सहयोग गर्न आग्रह गरे ।

अन्तर पार्टी महिला सन्जालकी अध्यक्ष छिण्डील्हमू शेर्पाको अध्यक्षतामा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा नगर प्रवक्ता शारदामाया तामाङ, नेपाल मानव अधिकार संगठन सोलुका उपाध्यक्ष हिमाल गिरी, जेष्ठ नागरिक संघका जिल्ला अध्यक्ष आङदामी शेर्पा, महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष टंकीमाया बस्नेत, घरेलु हिंसा प्रभावितका लागि जिल्ला सेवा केन्द्रका अध्यक्ष एक कुमारी कार्की लगायतले पर्व विशेष शुभकामना व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार