आफूले पाएको सुविधामा थपेर दलित परिवारको विद्युत महसुल तिरिदिने कार्यपालिका सदस्य

  सुमेरु संबाददाता

सोलुखुम्बु, असोज १५

सोलुखुम्बुका एक नगरकार्यपालिका सदस्य सोनाम ग्याल्जेन शेर्पाले दलित परिवारको विद्युत महसुल तिरिदिएका छन् । सोलुदुधकुण्ड नगरपालिका ७ गार्मामा शेर्पाले वडाका ३२ घर दलित परिवारको विद्युत महसुल तिर्दै आएका छन् ।

कार्यपालिका सदस्य शेर्पाले नगरपालिकाबाट मासिम रुपमा आउने करिब ९ हजार सुविधामा ६ हजार थप गरि मासिक रुपमा १५ हजार दलित परिवारले तिर्नुपर्ने विद्युत महसुल तिर्दै आएका छन् । गार्मा स्थित नाजिङमा दशैँ तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा शेर्पाले दलित समुदायका घरमूलिलाई पछिल्लो ६ महिनाको महसुलवापत्को रकम वितरण गरेका छन् ।

कार्यक्रममा सल्लेरीच्याल्सा विद्युत कम्पनीबाटै सिधैँ विद्युत जोडेका र समूहबाट विद्युत जोडेर बाल्दै आएका दुई प्रकारका दलित समुदायका उपभोक्तालाई महसुस वापत्को रकम नगदै वितरण गरिएको हो । वडासदस्य शेर्पाले भने, ‘३२ दलित समुदायका परिवारलाई समानरुपमा आफूले पाएको सुविधामा थप गरि एक बर्ष देखि महसुल तिर्दै आएको छु । यो कामले दलित परिवारमा खुसी छाएको छ भन्नेमा विस्वस्त छु ।’ उनको यो सहयोगले विद्युत महसुल समयमै तिर्न नसक्ने उपभोक्तालाई निकै राहत पुगेको छ ।

विद्युत महसुल पाएपछि मंगल बहादुर घिमिरेले विद्युत महसुलमा सहयोग मिलेपछि कमजोर आर्थिक अवस्था भएकाहरुलाई निकै राहत मिलेको बताए । वडासदस्य शेर्पाले दलित परिवारले समान रुपमा व्यवहार गर्नुले अघि बढ्न हौसला मिलेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार