सुमोमाथी बोलेरो बजारिदा बोलेरो चालकको मृत्यू

९ यात्रु घाईते

  सुमेरु संबाददाता

सोलुखुम्बु, असोज १९

सोलुदुधकुण्ड नगरपालिका ११ तिङला स्थित महादेव भिरको गुप्तेश्वर महादेव क्षेत्रमा सवारी दुघटना हुदा एक बोलेरो चालकको मृत्यू भएको छ भने ९ जना घाइते भएका छन् ।

नेचासल्यान गाउँपालिका आवतजावत गर्ने तिङला सल्यान सडकखण्डमा गएराति पौने ११ बजेको समयमा सुमो जीप र बोलेरो जीप दुर्घटना हुदा बोलेरो चालक नेचासल्यान गाउँपालिका २ खाल्पाका २१ बर्षिय लेख बहादुर खड्काको मृत्यू भएको प्रहरीले जनाएको छ ।

काठमाण्डौबाट नेचातर्फ जादै गरेको ना. १ ज. ५३४२ नम्बरको टाटा सुमो र नेचाबाट सल्लेरी तर्फ आउदै गरेको बा. १५ च. ९४२० नंम्बरको बोलेरो जीप गुप्तेश्वर महादेव क्षेत्रबाट क्रस गरिसकेपछि माथिल्लो घुम्तीबाट बोलेरो जीप सुमो जीपमाथी बजारिएको थियो ।

करिब तिन सय मिटर तल खसेको बोलेरो जीपका चालक खड्काको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नारायण प्रसाद चिमोरियाले जानकारी दिए । सुमो जीपमा बोलेरो बजारिदा सुमोमा रहेको चालक सहित ९ जना घाईते भएका छन् । घाईतेको जिल्ला अस्पताल फाप्लुमा उपचार भईरहेको छ ।

दुर्घटनाको यकिन कारण पहिचान नभएको तर जोखिमपुर्ण सडक नै कारण भएको प्रारम्भिक अनुमान गरिएको छ । बोलेरो जीपमा अन्य यात्रु नभएको प्रहरीले जनाएको छ । यसअघि महादेव भिरमा २०७५ असार १५ मा बोलेरो दुर्घटना हुदा ७ जनाको मृत्यू भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार