पर्यटन प्रर्वद्धनका लागि म्याराथन

विजेता बने ईटालियन धावक

  सुमेरु संबाददाता

सोलुखुम्बु, कात्तिक ५

पर्यटन प्रर्वद्धनका लागि सोलुखुम्बुमा म्याराथन प्रतियोगीताको आयोजना गरिएको छ । मोन्भिसो नेपाल फाउण्डेशनको आर्थिक सहयोग तथा मोन्भिसो ट्रेकिङ एण्ड एक्पिटिशन काठमाण्डौको आयोजनामा सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लु देखि वडा नं १ टाक्सिन्दुको नुनथलासम्म ३० किलोमिटर म्याराथनको आयोजना गरिएको छ ।

३६ नेपाली र १० ईटालियन धावकको सहभागीता रहेको प्रतियोगीतामा पुरुष तर्फ ईटालियन नागरिक क्वाग्लीया जियोेभानी प्रथम भएका छन् । उनले निर्धारित दुरी २ घण्टा २९ मिनेटमा पार गरेका हुन् । त्यस्तै, रविन बस्नेत निर्धारित दुरी २ घण्टा ३२ मिनेटमा पार गर्दै द्धितीय भए भने २ घण्टा ३३ मिनेटमा ३० किलोमिटर दुरी पार गर्दै बसन्त राई तृतीय भएका छन् ।

महिला तर्फ ईटालियन नागरिक डेमाटिस ईन्रिका प्रथम भएकी छिन् । उनले निर्धारित दुरी ३ घण्टा २० मिनेटमा पारेकी हुन् । ३ घण्टा २१ मिनेटमा निर्धारित दुरी पार गर्दै ईटालियन नागरिक डेमाटिस लुईसा द्धितीय भएकी छिन् भने ३ घण्टा ३५ मिनेटमा दुरी पार गर्दै मुना राई तृतीय भएकी छिन् ।

पुरुष तथा महिला तर्फका विजेताले नगद ३० हजार, २० हजार र १० हजार प्राप्त गर्नेछन् । महिला पुरुष दुवैलाई पुरस्कारको व्यवस्था मिलाईएको छ ।

पर्यटन बर्ष सन् २०२० लाई लक्षित गर्दै स्वदेशी तथा विदेशी धावकहरु संमिलित म्याराथुनको आयोजना गरिएको मोन्भिसो नेपाल फाउण्डेशनका अध्यक्ष छोङबा लामा शेर्पाले बताए । म्याराथुन प्रतियोगीताले तल्लो क्षेत्रमा पर्यटन आवागमन बढ्ने आशा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार