स्मारिका ‘समदृस्टी’को विमोचन

  सुमेरु संबाददाता

सोलुखुम्बु, कात्तिक १०

सगरमाथा प्रतिभा प्रतिष्ठानद्वारा प्रकाशन गरिएको स्मारिका ‘समदृस्टी’ शनिबार राजधानीका एक कार्यक्रमको आयोजना गरि विमोचन गरिएको छ । कार्यक्रम सगरमाथा प्रतिस्ठानका अध्यक्ष डा. रेनुका सोलुको अध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका निबर्तमान उप–कुलपति डा. बिस्णुविभु घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रा. डा. सावित्री मल्लले समालोचना गर्नुभएको थियो । कृति माथि बोल्दै मल्लले स्मारिकाको नाम नै काफी भएको र नाम अनुसारको नै आलेखहरु समेटेर शिक्षा, स्वास्थ्य, पर्यटन, आर्थिक, लैङ्िगकता, समसायीक विषय समेटिएकोले स्मारिकाको गरिमा बढेको बताईन् । स्मारिकामा शिक्षाविद प्रा.डा. विद्यानाथ कोइराला, प्रा.डा. सुरेन्द्र केसी, प्रा. डा. ऋषि शर्मा, डा. सुरेस आचायर्, प्रतीक ढकाल, प्रकाश सिङ कार्की लगायतका लेखहरु समिटिएका छन् ।

विमोचन कार्यक्रममा सगरमाथा प्रतिभा प्रतिष्ठानका सल्लाहकार प्रकाश सिङ कार्की, संरक्षक दावा ग्याल्जेन शेपार्, प्रा.डा. सुरेन्द्र केसी लगायतले आ–आफ्नो विचार राखेका थिए । वक्ताहरुले संस्थाको गतिविधिको प्रशंसा गर्दै आगमी दिनमा सफलताको शुभकामना दिएको संस्थाका महासचिब केशव गिरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार