नाटक ‘गाँठी कुरो खोई त ? प्रर्दशन

  सुमेरु संबाददाता

सोलुखु्म्बु, कात्तिक १०

लक्ष्मीपुजाको दिन सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नेचाविहिबारे बजारमा सडक नाटक ‘गाँठी कुरो खोई त ?’ प्रर्दशन गरिएको छ । तिहारको अबसर पारेर सामाजिक चेतनाका लागि चक्रसागर राईको लेखन तथा निर्देशनमा तयार भएको व्यग्यात्मक नाटक प्रर्दशन गरिएको हो ।

नाटकमा अर्गानिक कृषि खेतिको संभावना र राजनितिकरण, शैक्षिक वेतिथी, वातावरणीय फोहोर, पर्यटकीय संभावनाका विषयलाई समाबेश गरिएको नाटकका लेखक तथा निर्देशक चक्रसागर राईले बताए । उनले भने, ‘पर्यटन बर्ष सन् २०२० लाई पनि लक्षित गरेर विषयलाई प्रस्तुत गरिएको थियो । सामाजिक चेतनाको लागि नाटक प्रर्दशन गरेका हौ ।’ स्थानीय संभावना र वेतिथीलाई नाटकमा देखाईएको राईको भनाई छ ।

नाटक हेर्नका लागि नेचा क्षेत्रका करिब दुई सय सर्वसाधारण उपस्थित भएका थिए । सगरमाथा नाट्य समूहको प्रस्तुतीमा प्रर्दशन गरिएको नाटकमा यूवराज शर्मा यूराक, देवकी थुलुङ, चक्र सागर राई, सम्पदा राई, दिल कान्छा, टोपेन्द्र तामाङ, जीवन बास्तोला, बबिना कट्टेल, विजय बास्तोला, मनिसा कट्टेल, विशाल आचार्यको अभिनय गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार