गुणस्तरिय शिक्षाको लागि पत्रकारसंग अन्तरक्रिया

  सुमेरु संबाददाता

सोलुखुम्बु, कात्तिक २३

गैरसरकारी संस्था रीड नेपालको आयोजनामा गुणस्तरिय शिक्षाको लागि सञ्चारमाध्यमको भूमिका विषयमा अन्तरक्रिया सम्पन्न गरिएको छ ।

विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरुको उपस्थितीमा शुक्रबार सम्पन्न अन्तरक्रियामा सोलुखुम्बुका पत्रकारहरुले शैक्षिक गुणस्तरका लागि शिक्षक पहिलो जिम्मेवार पक्ष रहेको बताएका छन् । शिक्षकले सिकाउने वातावरण नबनेसम्म शिक्षाले फड्को मार्न नसक्ने उनीहरुको भनाई छ ।

विभिन्न निकायबाट प्राप्त तालिम कक्षाकोठासम्म नपुग्नु, अनुगमन फितलो हुनु, नितिगत कमजोरी हुनु, राजनिति हाबी, ईच्छाशक्तिमा कमी, कमजोर टिमवर्क, स्थानीय सरकारको चासो कम हुनु, शिक्षकको जागिरे मानसिकता, जिम्मेवारीबोधको कमी, सहि मुल्यांकन नहुनु, सजाय र पुरस्कार व्यवस्था नहुनु लगायतका कारणले पनि शैक्षिक अवस्था खस्कदै गएको पत्रकारहरुको भनाई छ ।

उनीहरुले आमसञ्चारले सकारात्मक र सुधार गर्नुपर्ने कार्यलाई बाहिर ल्याउने र चेतना प्रवाहको काम गर्न सक्ने भएकाले यो कामलाई थप प्रभावकारी बनाउदै लैजाने बताएका छन् । एक दशक देखि शैक्षिक सुधारका क्षेत्रमा काम गर्दै आएको रीड नेपालले आयोजना गरेको अन्तरक्रियामा शिक्षा विकास संयोजक केशव गिरीले अहिलेको अवस्थाबाट शिक्षाको गुणस्तर बृद्धिका लागि सम्पुर्ण पक्ष एक भएर लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सोलुखुम्बुका अध्यक्ष मनोज कुमार श्रेष्ठ सहित स्थानीय रेडियो तथा अनलाईन पोर्टलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार