श्रीमतीलाई खुकुरी प्रहार गर्ने श्रीमान् प्रहरी नियन्त्रणमा

  सुमेरु संबाददाता

सोलुखुम्बु, कार्तिक २४

श्रीमतीलाई खुकुरी प्रहार गर्ने श्रीमान्लाई प्रहरीेले नियन्त्रणमा लिएको छ ।

जिल्लाको सोताङ गाउँपालिका ५ की ४० वर्षीय श्रीमती भगवती नेपालीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा ४२ वर्षीय श्रीमान् शिव नेपालीलाई प्रहरीले शनिबार साँझ नियन्त्रणमा लिएको छ ।

घाइते भगवतीको प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रहरी निरिक्षक उत्तम कार्कीले जानकारी दिए । घटनाको कारण खुल्न सकेको छैन । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार