लेक लागेर पर्यटकको ज्यान गयो

  सुमेरु संबाददाता

सोलुखुम्बु, कार्तिक २४

खुम्बुमा लेक लागेर फ्रान्सेली नागरिकको ज्यान गएको छ । भ्रमणका लागि आएका २८ वर्षिय म्यारोन गेएटन्को लेक लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

खुम्बुपासाङल्हामु गाउँपालिका ४ गोक्यो स्थित स्थित तेञ्जिङ नुरु शेर्पाले संचालन गरेको चोयु भ्यु लज रेष्टुरेण्टमा शनिबार राति बास बसेका उनलाई राती लेक लागेको थियो । प्राथमिक उपचारका क्रममा आईतबार विहान ५ बजे मृत्यु भएको प्रहरी निरिक्षक उत्तम कार्कीले जानकारी दिए ।

आवश्यक कानुनी प्रक्रिया पुरा गरी शवको पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार