६६ बर्षे बृद्ध ‘नेपाल दर्शन’ अभियानमा

  सुमेरु संबाददाता

सोलुखुम्बु, कात्तिक ३०

नेपाल भ्रमण वर्ष सन् २०२० लाई सहयोग पु¥याउने भन्दै सोलुखुम्बुका एक बृद्ध ‘नेपाल दर्शन’ अभियानमा निस्केका छन् । नेचासल्यान गाउँपालिका नेचाका ६६ वर्षीय ठगेन्द्र कुमार जमरकट्टेलले नेपालका ७७ वटै जिल्लाको स्थलगत भ्रमण गर्ने लक्ष्यका साथ अभियान शुरु गरेका छन् । विश्व हिन्दु महासंघ राष्ट्रिय समिति नेपालको सिफारिसमा उनी ‘नेपाल दर्शन’ नामक अभियान लिएर जिल्लागत भ्रमणमा निस्केका हुन् ।

विश्व हिन्दु महासंघ राष्ट्रिय समितिका केन्द्रीय समिति सदस्यसमेत रहेका जमरकट्टेलले भ्रमणका क्रममा हिन्दु धर्मको वास्तविक वस्तुस्थिति तथा अरु धर्महरुबीचको आपसी सम्बन्धको विषयमा पनि अध्ययन अनुसन्धान गर्ने बताएका छन् । ‘नेपालको पूर्वदेखि पश्चिमसम्म भएको प्राकृतिक सुन्दरता, धार्मिक विविधता र धार्मिक ऐतिहासि स्थलहरुको संरक्षण, संबद्र्धन र उजागर गर्न तथा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि पनि आफूखुसी भ्रमणमा हिडेको हूँ’। उनले भने ।

असोज २ गते रामेछापबाट यात्रा शुरु गरेका जमरकट्टेलले २७ वटा जिल्लाको भ्रमण गरिसकेका छन् । उनी शुक्रबार पाल्पाको भ्रमण सकेर गुल्मीका लागि अघि बढेका छन् । उनले भने, ‘दोलखा, सिन्धुली, काभ्रे, नुवाकोट, संखुवासभा, धादिङ, पर्सा, बारा, रौतहट, महोत्तरी, गोर्खा, मनाङ, लमजुङ, तनहूँ, सर्लाही, धनुषा, काठमाण्डौ, भक्तापुर, ललितपुर, चितवन, मकवानपुर, मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्व, स्याङजा, पाल्पा घुमिसकेको छ ु। भ्रमणका क्रममा जिल्ला समन्वय समितिका पदाधिकारीलाई भेट गरि भ्रमणको उद्देश्यबारे प्रष्ट पार्ने काम गरेको छु । जिल्लाका धार्मिक महत्वका मन्दिरमा पुगेको छ ।’

नेचासल्यान गाउँपालिका ४ स्थित जालपा आधारभुत विद्यालय तथा नेचा सामुदायिक अस्पतालका संस्थापक सदस्य जमरकट्टेल सामाजिक तथा धार्मिक कार्यमा क्रियाशिल रहेका छन् । उनकै नेतृत्वमा २०७४ सालमा पुर्वाञ्चल मै पहिलो पटक महालङ्गुर हिमालबाट उत्पन्न भई बहने सोलुखोलाको किनारमा एकै मण्डपमा १८ महापुराण लगाएर विश्व शान्ति र समृद्धिको कामना गर्ने पवित्र कार्य सम्पन्न भएको थियो । जमरकट्टेलले २०७५ लाई लेखन बर्षको नाममा ‘समर्पण’ नामक कविता सङ्ग्रह प्रकाशन गरि मनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार