लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष विजीका ३ प्राथमिकता

  सुमेरु संबाददाता

सोलुखुम्बु ।

निकटतम प्रतिद्धन्द्धी विष्णु खत्रीलाई ३९ मतले पछि पार्दै सातौँ पोखरा महाधिबेशनबाट अध्यक्ष बनेका रमेश विजीले आफ्नो ३ बर्षे कार्यकालमा ३ कामलाई प्राथमिकतामा राखेको बताए । नवनिर्वाचित अध्यक्ष बिजीलाई सुमेरु न्यूजले तिन वटा प्रश्न गरेको थियो ।

१, जितपछिको महसुस कस्तो छ ?

खुसी त यसै छु । खुसीभन्दा पनि जिम्मेवारीले थिचेको महसुस गर्दैछु ।

२, अबको प्राथमिकता के–के छन् ?

निर्वतमान अध्यक्ष बद्रि पंगेनीको नेतृत्वमा बनेको केन्द्रीय प्रतिष्ठानको भवनलाई व्यवस्थित गर्नेछौ र नेपाली नेपाली मौलिक लोक कला साहित्य कक्षा संचालन गरिनेछ । अब जिल्लागत प्रतिष्ठानको घर बनाउने अभियानमा जुट्नुछ । त्यसको लागि म्यूजिकल टुर चलाउने अवधारणालाई अघि बढाउनेछु । चर्चित कलाकार लिएर जिल्ला दौडाहामा निस्कने तयारी गर्नेछु । लोक संगीतमा देखिने र देखिएका विकृती र विसंगति न्यूनिकरणमा त सधैँ लागिरहेकै छौ, आगामी दिनमा पनि लागिरहनेछौ ।

३, संगीत विकास बोर्ड स्थापना तपाईको ध्यान जादैन् ?

हामीले यो भन्दा पहिलेपनि पटक पटक माग गरिरहेका छौ । राज्यले ध्यान दिन सकेको छैन् । मेरो नेतृत्वमा पनि संगीतको शुद्धिकरणका लागि संगीत विकास बोर्डको माग पनि जोडदार रुपमा उठाउछौ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार