साकेला गापा–३ मा नेकपा विजयी

  सुमेरु सम्बाददाता

खोटाङ, मंसिर १४

खोटाङको साकेला गाउँपालिका–३ खिदिमाको वडाध्यक्षमा नेकपाका उम्मेद्वार विजयी भएको छ । रिक्त वडाध्यक्ष पदका लागि शनिबार भएको उपनिर्वाचनमा कांग्रेसका उम्मेद्वार शुक्र तामाङलाई १७ मतले पछि पार्दै नेकपाका उम्मेद्वार शिवकला राई वडाध्यक्षमा निर्वाचित भएकी हुन् ।

राती साँढे ९ बजे सम्पन्न मत गणनाको परिणाम अनुशार खसेको ७९८ मतमध्ये शिवकलाले ३९१ मत र शुक्रले ३७४ पाएको मुख्या निर्वाचन अधिकृतको कार्यालय प्रमुख एबं जिल्ला न्यायधिस मातृकाप्रसाद आचार्यले बताए । समाजबादीका उम्मेद्वार रमेश राईले १५ मत र राप्रपाका उम्मेद्वार इन्द्रबहादुर खड्काले १ मत मात्र पाएका छन् । निर्वाचनमा १७ मत बदर भएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तत्कालिन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित मणिकुमार राईको निमोनियका कारण गत बैसाख ९ गते मृत्यु भएपछि रिक्त स्थानमा वडाध्यक्ष चयनका लागि उपनिर्वाचन गरिएको हो । वडाध्यक्षमा विजयी शिवकला तिनै स्वर्गीय मणीकुमारका श्रीमती हुन् । खिदिमामा कुल मतदाता १ हजार ३०३ मध्ये ५०५ मत नखसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विजयी भएसँगै शिवकला खोटाङको पहिलो र एकमात्र महिला वडाध्यक्षको इतिहास बनाएकी छन् । दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वडामध्ये ७८ वडामा पुरुष वडाध्यक्ष छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालिन एमालेका उम्मेद्वार मणीकुमारले २७९, तत्कालिन माओबादी केन्द्रका उम्मेद्वार राजेन्द्रकुमार राईले २७१ र कांग्रेसका उम्मेद्वार चौककुमार राईले १५८ मत प्राप्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार