कार्यक्षेत्रमा नबस्ने ईन्जिनियरलाई स्पष्टिकरण

  सुमेरु संबाददाता

सोलुखुम्बु, मंसिर १५

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा खटिएका तिन ईन्जिनियरलाई स्पष्टिकरण माग गरिएको छ ।

कार्यालयमा नबस्ने गरेको गुनासो आधारमा जिल्ला आयोजना कार्यान्वयन ईकाइ सोलुखुम्बुले गरेको अनुगमनमा समेत कार्यक्षेत्रमा नभेटिएकाले कारण पेश गर्नका लागि ७ दिनको समय दिईएको जिल्ला ईन्जिनियर सुवास कुमार झाले जानकारी दिए ।

विहिबार सोधिएको स्पष्टिकरण पत्रमा ७ दिन भित्र स्वयम् उपस्थित भई लिखित स्पष्टिकरण नदिए करार सम्झौतामा उल्लेख भएबमोजिम कारबाहीको प्रक्रिया अघि बढाउने उल्लेख गरिएको छ । ईन्जिनियर सुनिल सिंह, चन्दन मण्डल र टेकराज चौधरी स्पष्टिकरणमा परेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार