महिलालाई अभद्र व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

  सुमेरु संबाददाता

सोलुखुम्बु, मंसिर १६

महिलालाई अभद्र व्यवहार गरेको आरोपमा सोलुखुम्बुमा कार्यरत एक शिक्षक पक्राउ परेका छन् ।

आफूमाथी पटक पटक अभद्र व्यवहार गरेको जाहेरीको आधारमा सोलुदूधकुण्ड नगरपालिका २ बेनी स्थित एक विद्यालयमा कार्यरत शिक्षक पवन कुमार मण्डललाई सोमबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमोरियाले जानकारी दिए ।

मण्डल २० दिन अघि मात्र शिक्षक सेवा आयोगबाट नाम निकालेर हिमालय शेर्पा बुद्धिष्ट आधारभूत विद्यालयमा आएका थिए । प्रहरी नियन्त्रणमा रहेका मण्डललाई प्रहरीले अभद्र व्यवहारमा मुद्धा चलाएको छ भने प्रारम्भिक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार