बिजी नेतृत्व प्रतिष्ठानको पहिलो बैठक : को-को परे मनोनयनमा ?

  सुमेरु संबाददाता

सोलुखुम्बु ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौँ पोखरा महाधिबेशनपछि नेतृत्व सम्हालेका रमेश बिजीको केन्द्रीय कार्यसमितिको पहिलो बैठक बसेको छ ।

सोमबार काठमाण्डौमा बसेको बैठकले ५ जना सदस्य मनोनित गरेको छ । बैठकले गण्डकी प्रदेश समितिका निर्वतमान अध्यक्ष शंकरबिरही गुरुङ, गायक कुमार पुन, गायिका सुनिता दुलाललाई समितिमा मनोनित गरेको छ । बिजीले आफ्नो कार्यकालमा कलाकारको वकालत गर्ने सुवास रेग्मी र पत्रकार तथा सर्जक अमृत अधिकारीलाई पनि समितिमा समाबेश गरिएको छ ।

मनोनित सदस्यलाई सोमबार पद तथा गोपनियताको सपथ खुवाईएको अध्यक्ष बिजीले बताए । बैठकले कार्यालय संचालनका विविध बुदाँमा निर्णय गर्दै सल्लाहकार सदस्य समेत थप गरेको छ । १० सदस्य रहेको सल्लाहकार समितिमा ३ सदस्सीय थप गरिएको छ ।

५ जना मनोनित गरिएसंगै निर्वतमान सहित बिजी नेतृत्वको ५७ सदस्सीय कार्यसमितिले पुर्णता पाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार