रिन्पोछेले दिए सात हजार बढिलाई दर्शनभेट

  सुमेरु संबाददाता

सोलुखुम्बु, मंसिर १८

सोलुदुधकुण्ड नगरपालिका ५ स्थित थेक्छेन पेमा छोलिङमा गुम्बामा आयू अभिषेक पुजा सम्पन्न गरिएको छ ।

तिब्बतका तेस्रो अवतारी लामा केब्जे दुद्ज्योम रिन्पोछेको उपस्थितीमा आयू अभिषेक पुजा गरिएको हो । जिल्लाका विभिन्न गुम्बाका चार सय बढि लामाहरु सहित सामूहीक आयू अभिषेक पुजा गरिएको गुम्बाका सदस्य सचिब आङदामी शेर्पाले बताए ।

पुजापछि हिमालय बौद्ध संघ काठमाण्डौको संयोजनमा ङयूङमा धर्मका प्रमुख लामा मानिएका रिन्पोछेले दिर्घायूका लागि अगम (लुङ) पाठपुजा गरेका हुन् । पुजापछि सात हजार बढि बौद्ध धर्मालम्बीहरुलाई ओङ (आर्शिबाद) दिएका छन् ।

ओङ ग्रहणका लागि जिल्लाको लिखुपिके, खुम्बुपासाङल्हमू, सोलुदुधकुण्ड, ओखलढुंगा, खोटाङ र काठमाण्डौबाट बौद्ध धर्मालम्बीहरु सल्लेरी आईपुगेका थिए । रिन्पोछे गत आईतबार सोलुखुम्बु आएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार