माप्यमा ग्रामिण आँखा केन्द्र स्थापना

  सुमेरु संबाददाता

सोलुखुम्बु, मंसिर १९

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको केन्द्र बासामा ग्रामिण आँखा केन्द्र स्थापना गरिएको छ । तिङगंगा आँखा प्रतिष्ठान, जिल्ला सामुदायीक आँखा केन्द्र र गाउँपालिकाको सहकार्यमा स्थापना गरिएको आँखा केन्द्रको बुधबार गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले उद्घाटन गरे ।

स्थानीय तहमा स्थापना गरिएको आँखा केन्द्रको रुपमा तेस्रो र सोलुखुम्बुको पहिलो ग्रामिण आँखा केन्द्र संचालनका लागि तिलगंगा आँखा प्रतिष्ठानले आवश्यक उपकरण सहित चस्मा र चस्मा बनाउने र मर्मत मेसिन गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । यसअघि रामेछापको खाँडादेवी र सिन्धुलीको फिक्कल गाउँपालिकामा ग्रामिण आँखा केन्द्र संचालनमा ल्याईएको छ भने शुक्रबार खोटाङको जालपामा आँखा केन्द्र स्थापना गरिने जिल्ला सामुदायीक आँखा केन्द्र फाप्लुका प्रमुख पुष्पबाबु बस्नेतले जानकारी दिए ।

एक स्थानीय तह, एक आँखा केन्द्रको अवधारणा सहित माप्यमा स्थापना गरिएको केन्द्रको उद्घाटन कार्यक्रम वडा नं ३ बासाका वडाअध्यक्ष नारायणकाजी कार्कीको अध्यक्षता भएको सम्पन्न गरिएको हो भने कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानका उपनिर्देशक भगिरथ बानिया र जिल्ला सामुदायीक आँखा केन्द्र फाप्लुका व्यवस्थापन समिति अध्यक्ष निमातेण्डुप शेर्पा लगायतको उपस्थिती रहेको थियो ।

बुधबारनै आँखा केन्द्रको दिगो संचालनका लागि माप्य दुधकोशी गाउँपालिकासंग सम्झौता समेत गरिएको छ । बासामा आँखा उपचार हुने भएपछि वाकु, बासा, काँकु, जुभिङका सर्वसाधारणको फाप्लु आईरहने समय र खर्चको बचत हुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार