महाकुलुङमा शिक्षक तालिम

  सुमेरु संबाददाता

सोलुखुम्बु, मंसिर १९

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको आर्थिक सहयोग तथा रीड नेपालको प्राविधिक सहयोगमा आधारभुत तहका शिक्षकहरुको लागि ५ दिने विषयगत तालिम सम्पन्न गरिएको छ ।

सगरमाथा मावि बुङमा संचालन गरिएको तालिममा २० वटा विद्यालयका अङ्ग्रेजी, गणित र विज्ञान विषयका ५० जना शिक्षकको सहभागीता रहेको थियो । समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष विपना कुलुङले पालिकाले शिक्षालाई महत्वपूर्ण रूपमा लिएको र शैक्षिक गुणस्तरको लागि यो तालिम प्रभावकारी हुने विस्वास ब्यक्त गरिन् । वडा नं १ का अध्यक्ष आसमान कुलुङले रीड नेपालको सहकार्यमा शैक्षिक गतिविधि संचालनलाई निरन्तरता दिने बताए ।

रीड नेपालका शिक्षा विकास संयोजक केशव गिरीले तालिममा सिकेका सीप कक्षाकोठा प्रयोगमा उतार्न र सिकाई उपलब्धि वृद्धि गराउन सहभागीहरुलाई अनुरोध गरे । तालिमका सहभागीहरुले नयाँ नयाँ ज्ञान सीप सिकेको र विद्यार्थी समक्ष पुर्याउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

तालिमको सहजीकरण जनक राज जोशी, अविन महर्जन र ठाकुर राम खड्काले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार