उधौली पर्व : लोखिममा तोसी नाच प्रतियोगीता

  सुमेरु संबाददाता

सोलुखुम्बु, मंसिर २६

किराँतीहरुको पर्व उधौलीको अबसरमा सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिममा तोसी नाच प्रतियोगीता सम्पन्न गरिएको छ ।

थुलुङ राई संस्कृति प्रतिष्ठान लाखिमको आयोजनामा भएको प्रतियोगीतामा ६ समूहको प्रतिस्प्रर्धा रहेको थियो । प्रतियोगीतामा थुलुङपारी बुङ समाज प्रथम भएको छ भने अरुणीमा समाज द्धितीय भएको छ । यी समूहलाई नगद ३ हजार र २ हजारको साथमा प्रमाण–पत्र प्रदान गरिएको छ ।

अन्य चार समूह निप्सुङ सामुदायिक संस्था, बास्खुम समूह, मुन स्टार क्लब र सगरमाथा युवा क्लबलाई तृतीय पुरस्कार प्रदान गरिएको छ । हरेक समूहलाई नगद पन्ध्र सय सहित प्रमाण–पत्र वितरण गरेको वडाअध्यक्ष भुपालसिं राईले जानकारी दिए ।

किराँती संस्कृति झल्कने भेषभुषा लगाई ढोल, झ्याम्टाको तालमा अर्नाको सिंङ सहित महिला/पुरुष नाच्ने शैलीलाई तोसी नाच भन्ने गरिन्छ । उक्त नाचमा पुरुषहरुले नाच्दै बाजा बजाउछन् भने महिलाहरुले प्रकृतिपुजक परम्परालाई नाचमा देखाउछन् । तोसी करिब आधा घण्टा लामो नाच्ने गरिन्छ ।

थुलुङ पुर्खालाई सम्मान

थुलुङ राई संस्कृति प्रतिष्ठान लाखिमको आठौँ बार्षिक साधारण सभाको अबसरमा थुलुङ पुर्खाहरुलाई पनि सम्मान गरिएको छ । जनता माविमा स्थापना गरिएको दिलमाया–गन्जराज राई अक्षयकोषबाट संस्कृति संरक्षणमा योगदान पु¥याएका लोखिमका पुर्खा अकल बहादुर राई र तिलक बहादुर राईलाई सम्मान गरिएको छ ।

त्यस्तै, शंकरसिं–जयमाया अक्षयकोषबाट जनता माविबाट २०७५ सालकों एसईइ परीक्षामा उत्कृष्ट जिपिए ल्याएका ज्वाला दुमी राईलाई सम्मान गरिएको छ । कार्यक्रम प्रदेश सांसद उत्तम कुमार बस्नेतको प्रमुख आतिथ्यता तथा थुलुङ राई संस्कृति प्रतिष्ठानका कार्यवहाक अध्यक्ष आइधन राईको अध्यक्षतामा सम्पन्न गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार