थुलुङ दुधकोशी गाउँपालिकाको मुक्लि जोड्ने सडक उद्घाटन

  सुमेरु सम्बाददाता

सोलुखुम्बु, मंसिर २७

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको मुक्लि जोड्ने करिब ६ किलोमिटर ग्रामिण सडक उद्घाटन गरिएको छ । शुक्रबार प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरवीर’, प्रदेश सभा सदस्य उत्तम कुमार बस्नेत, गाउँपालिका अध्यक्ष असिम राईले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका हुन् ।

गाउँपालिकाको ७० लाख, प्रदेश सरकारको सर्सत तर्फको डेढ करोड, प्रतिनिधि सभा सदस्यको पुर्वाधार विकास कार्यक्रम अन्तरगत ६० लाख गरि २ करोड ८० लाखको लागतमा स्तरोन्नती गरिएको नेलेको खिसालोक खोला देखि चारघरे हुदै गाउँपालिकाको केन्द्र मुक्लिसम्मको सडक उद्घाटन गरिएको हो ।
कुँवर डेभलभमेन्टस् प्रा.लि.ले निर्माण गरेको सडक दुरीको हिसावले छोटो पर्ने भएकाले दुधकोशी पारि सोताङ र महाकुलुङ क्षेत्रमा गुड्ने सवारी साधनले समेत प्रयोग गर्न थालेका छन् । ट्रयाक ओपनपछि सवारी संचालनमा रहेको उक्त सडक स्तरोन्नतीपछि फराकिलो पारिएको छ । दाँयाबाँया भाग कटान गरि सडक ६ मिटर भन्दा बढि फराकिलो पारिएको छ ।
सोही सडकको व्यवस्थापनका लागि प्रदेश सरकारबाट ४ करोड बजेट विनियोजन गरिएको छ । गाउँपालिकाको केन्द्र जोड्ने यो सडक आगामी बर्ष ब्याकटप गर्ने गाउँपालिका अध्यक्ष असिम राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार