आलोचकलाई कामले जवाफ दिनेछौ – अध्यक्ष राई

  सुमेरु संबाददाता

सोलुखुम्बु, मंसिर २९

थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले आलोचकलाई कामले जवाफ दिने बताएका छन् । शुक्रबार मुक्लीमा ५० शैयाको दुधकोशी सामुदायीक अस्पताल निर्माणको काम थाल्दै अध्यक्ष राईले अस्पताल बनाउन सक्दैन् भन्नेलाई निर्धारित समयमै बनाएर जवाफ दिने बताए ।

‘अस्पताल बन्दैन भन्नेलाई निर्धारित समयमै बनाएर देखाउछौ । अस्पताल संचालनको मोडलको विषयमा पनि छलफल भईरहेकाले नागरिकमैत्री गुणस्तरिय सेवा प्रवाहमा नचुक्ने मोडल छनौट गर्नेछौ ।’ अध्यक्ष राईले भने, ‘आलोचकलाई मित्रभाव राखेर कामले जवाफ दिनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गरेर अघ बढेको छु ।’

अस्पतालमा आमनागरिकको अपनत्व बढाउन देशविदेशमा सहयोग संकलन जारी राखेको र आगामी अझ तिब्रता दिईने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार