निर्धारित समयमै अस्पताल बन्छ – समाजसेवी गुरुङ

  सुमेरु संबाददाता

सोलुखुम्बु, मंसिर २९

समाजसेवी बलराम गुरुङले थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लीमा निर्माण शुरु दुधकोशी साुमदायीक अस्पताल निर्धारित मितिमै बन्ने दाबी गरेका छन् । अस्पताल संचालक समितिका कोषाध्यक्ष समेत रहेका समाजसेवी गुरुङले सम्झौता मितिमै अस्पताल बन्ने दाबी गरे ।

शुक्रबार मुक्लीमा भएको कार्यक्रममा बोल्दै समाजसेवी गुरुङले निर्माण कम्पनीसंग भएको सम्झौता अनुसार काम हुनेमा आफू विस्वस्त भएको बताए ।

‘सम्झौताको करिब दुई महिना पुगसकेको छ । अब निरन्तर काम अघि बढ्नेछ ।’ गुरुङले भने, ‘काममा विश्राम नलन कम्पनीलाई आग्रह गरेका छौ ।’
निर्धारित समयमै अस्पताल निर्माणको काम सम्पन्न गर्न नागरिकको दबाब पनि आवश्यक रहेको समाजसेवी गुरुङको भनाई छ । ‘अस्पताल संचालन विधिको विषयमा विभिन्न मोडालिटीमा छलफल भईरहेको छ ।’ उनले भने ।

अस्पताल निर्माणको जिम्मा कुँबर रौता जेभीले १० करोड १० लाख ७२ हजार ७५३ रुपैयाँमा लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार