सोलुखुम्बु : नेचावेदघारी स्वास्थ्य चौकी निर्माणमा म्याद थप

  सुमेरु संबाददाता

सोलुखुम्बु, पुस ७

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ स्थित स्वास्थ्य चौकीको भवन निर्धारित मितिमा बन्न सकेन् । तत्कालिन शहरी विकास तथा भवन डिभिजन कार्यालय ओखलढुंगाबाट टेण्डर आब्हान भई निर्माणको जिम्मा सगरमाथा घिमिरे निर्माण प्रा.लि.ले पाएपनि सम्झौता मितिमा भवनको निर्माण नसकिएपछि ८ महिनाको म्याद थप गरिएको छ ।

दुई करोड ५९ लाख ७० हजार २९० रुपैँयामा २०७४ असार ४ गते भएको सम्झौता अनुसार २०७६ असार सम्म निर्माण सम्पन्न गर्नुपर्ने भएपनि समयमै भुक्तानी नहुदा काम अघि नबढेको निर्माण कम्पनीले बताएको छ । भवन नबन्दा स्वास्थ्य चौकीले बार्षिक एक लाख तिरेर भाडाको घरबाट स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ । चौकीका ईन्चार्ज यूवराज शर्माले भवन बनेपछि खुला ठाउँबाट सेवा दिउँ भन्ने चाहना भवनकै कारण लम्बिदै गएको बताए ।

निर्माणका कम्पनीका प्रतिनिधि यादव थापाले भुक्तानी रोकिएकाले काम अघि बढ्न नसकेको बताए । तत्कालिन शहरी विकास तथा भवन डिभिजन कार्यालय हटाएर सघन शहरी तथा भवन निर्माण आयोजना घनकुटामा स्थापना भएकाले भुक्तानीमा ढिलाई भएको थापाको भनाई छ । समयमै निर्माणको काम नहुदा करिब डेढ सय बोरा ड्यामेज भएको छ ।

एक तला ढलान गरिसकेको भवनको बाँकी काम शुरु भएको केही महिनामै सम्पन्न गर्ने र रकम भुक्तानी भएको एक हप्तामा काम थाल्ने निर्माण कम्पनीले बताएको छ ।

फोटो-धन कुमार ढुंगेल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार