चाक्चाकुरमा ३ दिन विदा

  सुमेरु संबाददाता

सोलुखुम्बु १२ – किराँत येले संवतमा आधारित नयाँ बर्ष चाक्चाकुर पर्वको अबसरमा सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले ३ दिन स्थानीय पर्व विदा दिने निर्णय गरेको छ । पुस १० मा बसेको गाउँकार्यपालिकाको वैठकले पुस १५ देखि १७ सम्म सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष सागर किराँतले बताए ।

किराँत समुदायका कुलुङ जातले धुमधामसंग मनाउने चाक्चाकुर पर्वको अबसरमा कुलुङ जातको सघन बसोबास महाकुलुङ क्षेत्रमा रहेकाले विदा दिने चलनको पद्धती शुरु गरएको अध्यक्ष किराँतीले बताए । ‘उनले भने, ‘स्थानीय पर्व धुमधामसंग मनाउन सार्वजनिक विदा दिने नर्णय गरेका हौ । स्थानीय सरकार गठन पछि विदा दिने चलनको शुरुवात गरेका हौ ।’

चाक्चाकुरको पुरा नाम निङदोङ फाईम मिनारी दाचाम चाक्चाकुर हो । निङदोङ फाईम भनेको नयाँ बर्ष फेरिनु हो भने मिनारी दाचाम भनेको आफ्नै पौरखले उब्जाएको उत्पादन खानु हो । चाक्चाकुर भनेको महिनाको नाम हो । विक्रमसंवतमा बैशाख, ईश्वी संवतमा जनवरी भनेजस्तै कुलुङ जातले पुस महिनालाई चाक्चाकुरको रुपमा लिन्छन् ।

चाक्चाकुरको अबसरमा विभिन्न प्रतियोगीतात्मक कार्यक्रमको समेत आयोजना गरिएको छ । महाकुलुङ गाउँपालिका ३ छेस्काममा फुटबल प्रतियोगीता आयोजना गरिदैछ भने वडा नं ५ गुदेलमा भलिबल, नृत्य, एकल गायन प्रतियोगीताको आयोजना गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार