सोलुखुम्बु काँकुका मृगौलापिडित राईको उपचारका लागि सहयोग समिति गठन

  सुमेरु संबाददाता

सोलुखुम्बु, पुस १८

सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ४ काँकुका सुर्य बहादुर राईको उपचारका लागि आर्थिक संकलन गर्ने उद्देश्यले मृगौलापिडित राई बचाऊ सहयोग समिति गठन गरिएको छ । दुवै मृगौला फेल भएका राईको उपचार र प्रत्यारोपणका लागि आर्थिक अभाव भएपछि पिडित राईका वहिनी मन्सु खालिङ राईको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ ।

देशविदेशबाट प्राप्त हुने सहयोगलाई एकिकृत गरि पिडितको उपचारमा सहयोग गर्ने द्येयलेसहयोग समिति गठन गरिएको संयोजक मन्सु खालिङ राईले जानकारी दिईन् । माछापुच्छ्रे बैँकको सल्लेरी शाखामा सुर्य बहादुर राई बचाऊ सहयोग समितिको नाममा खाता खोलिएको छ । सहयोग गर्न चाहनेका लागि खाता नं १००१५२४९०४२५४०१७ रहेको छ । विहिबारनै संकलित रकम १९ हजार ७५५ रुपैँया जम्मा गरिएको समितिका सदस्य अम्रिता राईले जानकारी दिईन् ।

संकलित रकमको पारदर्शितामा ध्यान दिईने र सहयोग गर्नेहरुको नाम सुर्य बहादुर राई बचाऊ अभियानको फेसबुक पेजबाट सार्वजनिक गर्दै जाने समितिका अर्का सदस्य डिवि खालिङले जानकारी दिए । काठमाण्डौको टिचिङ हस्पिटलमा उपचाररत राईको उपचारमा समस्या भएपछि परिवारले देशविदेशमा रहेका नेपालीहरुबाट सहयोगको याचना गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार