महाकुलुङको गाउँगाउँमा घुम्ती स्वास्थ्य शिविर

  सुमेरु संबाददाता

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा एक्सरेसहितको स्वास्थ्य शिविर शुरु गरिएको छ । स्वास्थ्य शाखाको आयोजनामा बुधबार छेस्कामबाट शुरु शिविरमा ९७ जनाले सेवा लिएका छन् ।

स्वास्थ्य शाखा संयोजक हरि प्रसाद आचार्यका अनुसार ४५ जनाले ओपिडि सेवा, ८ जनाले दन्त सेवा, १८ गर्भवति महिलाले एक्सरे सेवा, ५ महिलाले ईम्प्लान्ट (५ बर्षे) सेवा, एक जनाले आयूसिडी सेवा लिएका छन् ।

नागरिकको सुविधाका लागि पहिलोपटक गाउँगाउँमा एक्सरेसहितको स्वास्थ्य सेवा प्रदान गर्न शुरु गरिएको गाउँपालिका अध्यक्ष सागर किराँतले बताए ।

विहिबार मार्मेकु, शुक्रबार तुमाउ, शनिबार चाचालुङ, आईतबार देनाम, सोमबार पेल्माङ र मंगलबार स्वास्थ्यचौकी बुङमा शिविर संचालन गरिनेछ ।

एक्सरे सहितको स्वास्थ्य सेवा गाउँमै पाएपछि सर्वसाधारणले खुसी व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार