‘घरज्वाँई’ आवश्यकता !

  सुमेरु संबाददाता

सोलुखुम्बु । दोहोरी गीत ‘यत्ति कुरा’ र ‘तरुनी’पछि गायक धर्मराज पोखरेलले ‘घरज्वाँई’ बजारमा ल्याएका छन् ।

शिखर गजरकोटेको शब्द र भाका सृजना तयार भएको गीतमा धर्मराज पोखरेल र देवी घर्ती मगरको स्वर सुन्न पाईन्छ । गीत विशुद्ध मायाप्रेममा आधारित छ ।

ए प्लस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा संगीत संयोजन संगीतकार अर्जुन पोखरेलले गरेका हुन् ।

शंकर विसीको निर्देशनमा तयार भएको भिडियोमा महेन्द्र गौतम र ऋचा थापा नाचेका छन् । दुर्गा पौडेलले छायांकन गरेका हुन् भने भिडियो सम्पादन नविन घर्ति मगरले गरेका छन् ।

गायक पोखरेल पेशो ईन्जिनियर हुन् भने गीतकार गजरकोटे पत्रकार पनि हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार