पत्तालेमा राष्ट्रिय प्रसारण लाईनको परीक्षण सफल, शनिबार उद्घाटनको तयारी

  सुमेरु संबाददाता

सोलुखुम्बु, माघ २

सोलुखुम्बु जिल्लामा विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईनको परीक्षण सफल भएको छ ।

जिल्लाको पर्यटकीय क्षेत्र पत्तालेमा ३३ केभिएबाट लो टेन्सनमा परीणत गरेर मुख्य पोलमा वत्तिको परीक्षण गरिएको हो । लाम्माने स्थित सबस्टेशनबाट पत्ताले सम्म लो टेन्सन लाईन विस्तार भएसँगै पत्तालेमा विद्युत लाईन पुगेको हो । प्राधिकरणले आगामि शनिबार विधिवत उद्घाटन गरेसँगै पत्ताले, तिंला लगायतका क्षेत्रका नागरिकमा घरघरमा विद्युत पुग्ने छ ।

पत्तालेमा नै एक कार्यक्रमको आयोजना गरि जिल्लाबाट निर्वाचित संघिय सांसद हेमकुमार राई सुरविरले उद्घाटन गर्ने तय भएको जनाईएको छ । विद्युत लाईनको उद्घाटनले नागरिकमा उत्साह थपिएको पत्तालेका स्थानीय अगुवा प्रकाश मगरले बताए ।

पत्तालेमा विद्युत विस्तारसँगै सिंगो जिल्लालाई राष्ट्रिय प्रसारण लाईनले जोड्ने सोलुखुम्बु वितरण केन्द्र प्रमुख पुरुषोत्तम रेग्मिले बताए । यता तिंलाका स्थानीयले भने आफ्नो गाउँमा विजुली बालेर मात्रै पत्ताले पु¥याउनु पर्ने माग गरेका छन् । तिंलाका अगुवाहरुको एक टोलीले विहिबार वितरण केन्द्रमा गई वडा नम्बर ११ मा विस्तार गरेर मात्रै पत्तालेमा उद्घाटन गर्नु पर्ने अडान सारेको स्थानीय बालकुमार कार्कीले बताए ।

उता संघिय सांसद हेम कुमार राईले भने पत्तालेको उद्घाटन लगत्तै पुरै जिल्लामा विद्युत विस्तार गर्ने गरि काम थालनि गर्ने बताए । यसैवीच, सोलुदुधकुण्ड नगरपालिकाका नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले भने सामाजिक सञ्जाल मार्फत उद्घाटन कार्यक्रमलाई झारो टार्ने संज्ञा दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार