भोली तिङला बन्द, सव–स्टेशनमा तालाबन्दी

  सुमेरु संबाददाता

सोलुखुम्बु, माघ ३

सोलुदुधकुण्ड नगरपालिका ११ तिङलाबाट यथासिघ्र ग्रामिण विद्युतीकरण गर्नुपर्ने माग राख्दै तिङलालीले आन्दोलन घोषणा गरेका छन् । नेपाल विद्युत प्राधिकरणले तिङला क्षेत्रमा विद्युतीकरणका विनियोजित एक करोड ५५ लाखको काम शुरु नगरिनु र विद्युत उद्घाटनलाई प्राथमिकता दिएको भन्दै तिङलालीको भेलाले दबाबस्वरुप (भोली) शनिबार तिङला बन्द गर्ने निर्णय गरेका छन् भने तिङलामा निर्माणाधिन सव–स्टेशनमा तालाबन्दी गरेका छन् ।

विहिबार जिल्लाको पर्यटकीय क्षेत्र पत्तालेमा ३३ केभिएबाट लो टेन्सनमा परीणत गरेर मुख्य पोलमा वत्तिको सफल परीक्षण गरिएपछि प्रतिनिधि सभा सदस्य हेम कुमार राईले विद्युतको उदुघाटन गर्ने कार्यक्रम तय गरिएको थियो । तिङलालीको बन्दले निर्धारित कार्यक्रम प्रभावित हुने संकेत देखिएको छ । बन्द सफल पार्नका लागि कार्यक्रम स्थलमा र तिङला क्षेत्रका सडकका विभिन्न स्थानमा सर्वसाधारण भेला हुने र आन्दोलनका कार्यक्रम सफल पार्ने स्थानीय अगुवा बाल कुमार कार्कीले जानकारी दिए ।

लाम्माने स्थित सबस्टेशनबाट पत्ताले सम्म लो टेन्सन लाईन विस्तार भएसँगै पत्तालेमा विद्युत लाईन पुगेको थियो । प्राधिकरणले शनिबार विधिवत उद्घाटन गरेसँगै पत्ताले, तिंला लगायतका क्षेत्रका विद्युत विस्तारको कामलाई अघि बढाउने तयारी गरेको थियो । तिङलालीले भने विद्युत विस्तारपछि मात्रै उद्घाटन गर्नुपर्ने माग राखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार