हिमाल दर्शनको व्यवस्थापन समितिमा कांग्रेस पक्षधर राउत विजयी

  सुमेरु संबाददाता

सोलुखुम्बु, माघ ३

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ स्थित हिमालदर्शन माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा गुणराज राउत विजयी भएका छन् । नेकपा र कांग्रेसवीच प्रतिष्ठाको लडाईको रुपमा हेरिएको व्यवस्थापन समितिको निर्वाचनमा नेकपा पक्षधर दोमराज बास्तोलालाई १० मतले पछि पार्दै राउत विजयी भएका हुन् । राउतले १ सय ६६ मत ल्याउदा बास्तोलाले १ सय ५६ मत ल्याए ।

खुल्ला सदस्यमा रोशन राईलाई हराउदै १ सय ७१ मत सहित देशमान राई बिजयी भएका छन् । रोशनले १ सय ३३ मत ल्याएका थिए । महिला सदस्यमा रिता बास्तोला विजयी बनेकी छिन् । दलित महिला सदस्य भने यसअघि नै सर्वसम्मतीबाट चयन गरिएको छ । निर्वाचनमा ३ सय ५५ जना अभिभावकले मतदान गरेका थिए । त्यसमध्ये २३ मत बदर भएको सहकर्मी धन कुमार ढुंगेलले जानकारी दिए ।

विहिबार मतदान सकिएपनि राजनैतिक किचलोका कारण शुक्रबार दिउँसो १ बजेदेखि मतगणना शुरु गरिएको थियो । पत्रकारसंग कुराकानी गर्दै नवनिर्वाचित अध्यक्ष राउतले विद्यालय प्रशासन र अभिभावकसँग सहकार्य गरेर शैक्षिक गुणस्तर सुधारमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कालिकामा कट्टेल

नेचासल्यान गाउँपालिका ३ स्थित कालिका आधाभुत विद्यालयका विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा टेक प्रसाद कट्टेल सर्वसम्मतिले चयन भएका छन् ।

शुक्रबार बसेको अभिभावक भेलाले महिला सदस्यमा कुमारी कट्टेल, खुल्ला सदस्यमा बोधराज कट्टेल, र दलित सदस्यमा अन्जु नेपाली निर्विरोध चयन भएको विद्यालयका शिक्षक निरकुमार शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार