विद्युत उद्घाटनको विषयमा लाम्माने सव-स्टेशनमा झडप, १४ मोटरसाईकल र १ बोलेरोमा आगजनी

प्रहरीद्वारा हवाई फायर, अश्रुगयांस प्रहार

  सुमेरु संबाददाता

सोलुखुम्बु, माघ ४

राष्ट्रिय प्रसारण लाईनको उद्घाटनको विषयलाई लिएर सोलुखुम्बुको तिङला लाम्माने स्थित विद्युत प्राधिकरणको सब स्टेशनमा झडप हुँदा प्रहरी सहित ४ जना घाईते भएका छन् । तिंलामा विजुली बालेर मात्रै अन्यत्र उद्घाटन गर्नुपर्ने माग राखेर आन्दोलनमा उत्रिएका तिंलाका स्थानीयले पत्तालेमा विद्युत उद्घाटन गर्न सदरमुकामबाट गएको संघिय सांसदको टोलीलाई बाटैमा अबरोध गरेका थिए ।

अबरोध पछि भएको झडपका क्रममा आन्दोलनकारीको ढुंगा प्रहारबाट एक प्रहरी जवान सहित अन्य ३ जना घाईते भएका छन् । सो क्रममा ढुंगामुढा र आगजनीमा उत्रिएका आन्दोलनकारीले सांसदको टोलीका १४ मोटरसाईकलमा आगजनी गरेको छ भने सब स्टेशन अगाडी राखेको बलेरे गाडी पनि जलाएका छन् । राष्ट्रिय प्रसारण लाईनको विद्युत उद्घाटन भन्दा पहिले ग्रामिण विद्युतीकरणको माग राख्दै आन्दोलनमा उत्रिएका तिङलालीहरुले शनिबार तिंला बन्दको आव्हान गरेका थिए ।

सडक पार गर्न खोज्ने र अबरोध गर्ने क्रममा भनाभनहुदै गर्दा आन्दोलनमा उत्रिएका तिङलालीले एक्कासी ढुंगा र लौरी प्रहार शुरु गरेका थिए । ढुंगा प्रहार बाक्लिएपछि कार्यक्रममा सहभागीहुन गएकाहरु मोटरसाईकल छाडेर भागेका थिए । सोही क्रममा केही बेर दोहोरो ढुंगा हानाहानको परिस्थितीपनि सृजना भएको थियो । सडकमा ढलेका मोटरसाईकल र स्थानीय टंक बहादुर कार्कीको बोलेरोमा आन्दोलनकारीले आगो लगाएका थिए ।

परिस्थिती नियन्त्रण भन्दाबाहिर गईसकेपछि प्रहरीले अश्रुग्याँस र रबरका गोलीप्रहार गरेको थियो । परिस्थिती नियन्त्रणमा लिनका लागि प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको प्रहरी स्रोतले जनायो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार