तिङला घटनामा संघीय सांसद राईको प्रतिक्रिया : विकास विरोधीले जनतालाई मुठभेडमा उतारे

  सुमेरु संबाददाता

सोलुखुम्बु, माघ ४

सोलुखुम्बुका संघिय सांसद हेमकुमार राई सुरविरले विकास विरोधी तत्वले तिंलाका जनतालाई मुठभेडमा उतारेको बताएका छन् ।

तिंलाको लाम्मानेमा भएको झडप पछि सदरमुकाम सल्लेरीमा पत्रकार सम्मेलन गर्दै सांसद राईले आफु तिंलाका जनताको माग संबोधन गर्नको लागि लाम्माने पुग्दा एक्कासी प्रतिकारमा उत्रिएर कार्यकर्ताको १४ वटा मोटर साईकल जलाईनु दुखद भएको बताए ।

आफु सदैव तिंलाली जनताको पक्षमा रहेको भन्दै सांसद राईले प्राधिकरणको निम्तोमा विद्युत उद्घाटन गर्न पत्ताले गएको र बाटोमा असन्तुष्टहरुलाई सम्बोधन गर्ने तयारी गर्दा मुठभेडमा जनतालाई उतारिएको आरोप लगाए । घटनालाई साम्य पार्न स्थानीय प्रशासनले कुनै भुमिका निर्वाह नगरेको भन्दै घटनाको जिम्मा प्रशासनले नै लिनु पर्ने उनको भनाई छ ।

प्रत्रकार सम्मेलनमा प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी, उत्तम बस्नेत र थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले जिल्लाको सबै ठाउँमा विद्युतको पहुँच पु¥याउन प्रतिबद्ध रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार