बर्खुघाटमा ह्यूमपाईप : जुबु र लोखिममा सिधा यातायात

खोटाङको उत्तरी क्षेत्र आवतजावतमा पनि सहज

  सुमेरु संबाददाता

सोलुखुम्बु, माघ १२

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लि र वडा नं ५ जुबुको बर्खुघाट स्थित दुधकोशी नदिमा ह्यूमपाईप विच्छ्याईएपछि सिधा यातायात संचालनमा आएको छ ।

स्थानीय सरकारको १८ लाख बजेटमा १६ वटा ह्यूमपाईप खरिद गरि विच्छ्याईएपछि जुबु र लोखिम सडक सञ्जालले जोडिएको हो । सवारी संचालनमा आएपछि त्यस भेगका स्थानीयले गाउँपालिकाको केन्द्र, सदरमुकाम सल्लेरी र आफ्नै जिल्ला हुदै राजधानी आवतजावत्का लागि सिधा सडक प्रयोग गर्न पाउने भएका छन् ।

दुधकोशीमा राखिएको ह्यूपपाईपको शनिबार गाउँपालिका अध्यक्ष असिम राईले रिवन काटेर उद्घाटन गरे । उद्घाटनपछि वडा नं ४ जुबु स्थित जनकल्याण मावि परिसरमा आयोजित कार्यक्रममा अध्यक्ष राईले अस्थायी रुपमै भएपनि हरेक वडालाई गाउँपालिकाको केन्द्रसंग जोड्न सफल भएको बताए । ह्यूमपाईप हिउँदका लागि मात्र भएकाले दिगो समाधानका लागि आफ्नै कार्यकालमा बर्खुघाटमा मोटरेबल पुल बन्ने दाबी गरे । पुल निर्माण लागि टेण्डर आब्हान भईसकेको जानकारी दिए ।

विकासमा पक्षपात नगरेको अध्यक्ष राईको भनाई थियो । उनले भने, ‘जाती, पार्टी, भूगोल र क्षेत्रको आधारमा विकासमा विभेद गरिएको छैन् । सम्बृद्ध गाउँपालिकाको लागि स्थानीय सरकार र जनता मलेर विकासका क्रियाकलापमा होमन आवश्यक छ ।’ जनकल्याण माविलाई आवश्यक रहेको भवनका लागि अर्को बर्ष बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वडा नं ४ का वडाअध्यक्ष नातिकाजी गुरुङले बर्खुघाटमा ह्यूमपाईप राखिएपछि खोटाङ घुमेर राजधानी लगायतका क्षेत्रमा यात्रा गर्नुपर्ने बाध्यता हटेको बताए । उनले छिमेकी जिल्लाको उत्तरी भागमा आवतजावतका लागि पनि सहज भएको बताए । उनले भने, ‘अब गाउँपालिकाको केन्द्र हुदै राजधानसम्म सिधा यातायात संचालनका लागि व्यवसायीहरुसंग समन्वय गर्छौ ।’

वडा नं ९ का वडाअध्यक्ष भुपालसिं राईले बर्खुघाटमा ह्यूमपाईप राख्नुले जनप्रतिनिधि र जनताको मनलाई जोडेको प्रतिक्रिया दिए । सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दै वडाअध्यक्ष राईले दुधकोशीले वारीपारी बनाएको भूगोल जोड्नु जनप्रतिनिधि र जनताको मन जोडिनु जस्तै भएको बताएका हुन् ।

गाउँपालिकाको केन्द्र र सल्लेरीसम्म गुडेर आउने वातावरण बनेपछि स्थानीयले सहज महसुस गरेका छन् । यसअघि घन्टौ लगाएर जुबु, लोखिम र मुक्लिको उकाली–ओराली गर्नुपर्ने बाध्यता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार